वाम एकतालाई जनताले अनुमोदन गरे, हामी विकासको सपना साकार पार्छाै : प्रचण्ड

वाम एकतालाई जनताले अनुमोदन गरे, हामी विकासको सपना साकार पार्छाै : प्रचण्ड


काठमाडौं– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमार्फत् जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन्।

 

बिहीबार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्।

 

 

हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो। जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ। जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ।’

 

 

वामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्दा जनताले वाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेको उनको भनाई छ।

 

अध्यक्ष प्रचण्डले भने, ‘अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ। निर्वाचनले धेरै चुनौतिको समाधान दिएको छ। तर, केही चुनौति देखिएका छन्। संविधान र कानूनको फरक व्याख्या देखिएको छ। यसको समाधान पनि जनमतअनुसार नै हुन्छ। राष्ट्रिय एकता र भौगोलिक अखण्डताको प्रावधान बाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिन्छ।’

 

 

एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्रै प्राप्त हुने उल्लेख गर्दै प्रचण्डले भने, ‘मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु।’