विपक्षी दलहरूको बैठकमा लोसपा अध्यक्ष ठाकुर सहभागी

विपक्षी दलहरूको बैठकमा लोसपा अध्यक्ष ठाकुर सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्ष्री दलहरूको बैठकमा सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी भएका छन् । प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बोलाएर नयाँ वानेश्वरमा बसिरहेको बैठकमा ठाकुर सहभागी छन् ।

बैठकमा ठाकुरसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), र आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा माओवादी अध्यक्ष दाहाल, उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष ठाकुर, आजपा अध्यक्ष प्रभु शाह बैठकमा सहभागी छन्।

बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, मंसिरमा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

ठाकुर अध्यक्ष रहेको पाटी लोसपाबाट वर्तमान केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् ।