वाम एकतामा ७० र ३० प्रतिशत वाहियात हल्ला हो : दाहाल

वाम एकतामा ७० र ३० प्रतिशत वाहियात हल्ला हो : दाहाल


काठमाडौं– पुर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले एमाले माओवादी एकतामा ६० र ३० को भागवण्डाको हल्ला वाहियात भएको वताएका छन् ।

कतिपय संचार माध्यम र सामाजिक संजालमा आएको हल्ला प्रति संकेत गर्दै दाहालले भने पार्टी एकतामा साठी तीस भन्ने काहीँ पनि भएको छैन ।’ दाहालले राष्ट्रिय सभा र कुनै प्रदेश विशेषमा भएको विषयलाई लिएर जतासुकै साठी तीस भन्नू एकता विरोधीहरुको सुनियोजित दुष्प्रचार भएको दावी गरे ।

आज राजधानीमा आयोजित अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको वैठकलाई सम्बोधन गर्दै दाहाले भने ’माओवादीले केही छाडेको छैन, वहसवाट परिमार्जन गरेर नयाँ विकास गर्न खोज्या हो ।’ आफ्ना पुर्व सहकर्मी मोहन वैद्य र वावुराम भट्टराईसंगै भएकै वेला पनि एमाले संग एकता गर्ने निर्णय भएको दाहालले दावी गरे ।  वाम एकताको विरोध गर्नेहरूहरु साम्राज्यवादका गोटी भएको दाहालले आरोप लगाए ।

सोही कार्यक्रममा वोल्दै अर्का नेता नारायणकाजी श्रेष्ठले मार्कसवाद, लेनिनवाद र समाजवादको साझा मिलनविन्दुमा वाम एकता हुन लागेको चर्चा गरे । क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले पेश गरेको सात पृष्ठको राजनीति तथा सांगठनिक प्रतिवेदन छलफलपछि भोलिको वैठकले पारित गर्नेछ । क्रान्तिकारी विद्यार्थीहरुको एउटै शक्तिशाली केन्द्र निर्माण गरौ, समाजवादी शिक्षा प्राप्तिको दिशामा दृढतापुर्वक अघि वढौं’ भन्ने नै प्रतिवेदनको मुल भाव रहेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए ।