जन्मस्थल पुगेर प्रचण्डले भने– नेकपाका कार्यकर्तालाई गुटबन्दी गर्ने छुट छैन

जन्मस्थल पुगेर प्रचण्डले भने– नेकपाका कार्यकर्तालाई गुटबन्दी गर्ने छुट छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता, कार्यकर्तालाई गुटबन्दी गर्ने छुट नरहेको बताएका छन्।

आफ्नो जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिका पुगेका प्रचण्डले पार्टी एकताले विश्वलाई नयाँ सन्देश दिएको उल्लेख गर्दै गुटबन्दी गर्ने छुट नरहेको बताए।

नेकपामा अध्यक्ष केपी शर्मा ओली र आफूले यसअघि नै निर्देशन जारी गरिसकेको उल्लेख गर्दै प्रचण्डले सरकार समृद्धिको बाटोमा अघि बढिरहेको बताए।

प्रचण्डले उपेन्द्र यादव समेत सरकारमा सहभागी भएपछि अब सरकारसँग दुई तिहाई बहुमत रहेको बताए। संविधान संशोधनका लागि प्राबिधिक तथा संवैधानिक हैसियत प्राप्त भएको उनले बताए।

प्रचण्डलाई स्थानीय पार्टी कमिटीले भब्य स्वागत गरेको थियो।