राजावादीको हिंसात्मक प्रदर्शनपछि उपत्यकामा सुरक्षा सतर्कता बढाइयो

राजावादीको हिंसात्मक प्रदर्शनपछि उपत्यकामा सुरक्षा सतर्कता बढाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजसंस्थाको पक्षमा शुक्रबार काठमाडौंमा भएको प्रदर्शनले हिंसात्मक स्वरूप लिएपछि शनिबार सुरक्षा सर्तकता बढाइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रवार केही स्थानमा तनाव देखिए पनि अहिले स्थिति सामान्य बन्दै गएको छ । यसका साथै काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा लगाइएको  कर्फ्यू शनिवार बिहानबाट स्थगन समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार शुक्रबार भएका हिंसात्मक घटनापछि सुरक्षा सतर्कता बढाइएको छ ।

उनका अनुसार थप सुरक्षा रणनीति बनाउने हिसाबले जिल्ला सुरक्षा समन्वय समितिको बैठक एक चरण सकिएको छ ।

प्रहरीका अनुसार शुक्रबारको प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरीका २४ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । यस्तै, सातवटा सरकारी र नौवटा निजी सवारीसाधनमा क्षति पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी गरिएको, आठवटा कार्यालय र संस्थामा तोडफोड भएको छ भने एउटा व्यापारिक केन्द्रमा लुटपाट भएको छ ।

यसैगरी, प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।

अनुसन्धानका लागि भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा महामन्त्री धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित पाँच जनालाई पक्राउ गरेको छ ।