कमल थापाको पार्टीले आज प्रदर्शन गर्दै

कमल थापाको पार्टीले आज प्रदर्शन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ ।
चैत १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको बिरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो ।

राप्रपा नेपालका महामन्त्री एवं प्रवक्ता राजाराम बर्तौलाले प्रदर्शनमा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुबेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टलाई निमन्त्रणा गरिएको जानकारी दिए ।

भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शन रत्नपार्कको शान्तिवाटिकामा हुने भएको छ ।