गणतन्त्रवादी र राजावादीहरूले आज प्रदर्शन गर्दै

गणतन्त्रवादी र राजावादीहरूले आज प्रदर्शन गर्दै

उपत्यकाको सुरक्षा व्यवस्था कडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गणतन्त्रवादीर र राजावादीहरूले शुक्रबार काठमाडौंमा एकसाथ प्रर्दशन गर्दैछ ।

गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् ।

प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश दिएपछि राजावादीहरू राजतन्त्र पुनः फर्काउन सक्रिय भएका छन् । राजावादीहरू सक्रिय भएपछि गणतन्त्रवादीहरू त्यसको प्रतिकारमा उत्रन लागेका हुन् । त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् ।

राजावादीहरू प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायतका दल तथा केही राजा र हिन्दूवादी सङ्घसंस्थाहरूले पनि समर्थन जनाएका छन् ।

राजावादीहरूके प्रदर्शन तीन कुनेमा हुनेछ भने गणतन्त्रवादीहरूले भने भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । त्यसको नेतृत्व गरेको समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दैछन् ।

यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् ।

राजावादीहरूले राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति नै बनाएका छन् । समितिको संयोजकमा पूर्वपञ्च नवराज सुवेदी छन् । समितिले शुक्रबारको प्रदर्शनको जनकमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई बनाएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा सुवेदी र प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको थिए ।

यता जिल्ला सुरक्षा समितिले कडा सुरक्षार्थ योजना बनाएको छ । समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ । प्रदर्शन एकै दिन हुने हुँदा मुडभेठ हुन सक्ने भन्दै सुरक्षा समितिले विशेष रूपमा रणनीति बनाएको हो ।

दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।
सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ ।

पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरी प्रहरीले सुरक्षा तयारी छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ ।