राजावादी र माओवादीको आन्दोलनले उपत्यकाको यातायात प्रभावित

राजावादी र माओवादीको आन्दोलनले उपत्यकाको यातायात प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजावादी र समाजवादी मोर्चाको प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि काठमाण्डु उपत्यकाको यातायात प्रभावित भएको छ ।

दुवै पक्षको जुलुस र सभाका कारण काठमाडौँसहित ललितपुर, भक्तपुर र कीर्तिपुरको मुख्य सडकमा यातायात प्रभावित भएको हो । समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा बनाएको मञ्चका कारण त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधनहरू आवतजावतमा रोक लगाइएको छ ।

रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्ण रूपमा बन्द गरिएको छ । त्यस्तै तीनकुने, बानेश्वर, माइतीघर लगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्ट गरी अन्य मार्गमा पठाइएको छ । जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट  र्‍याली निकाल्ने तयारी गरेका छन् ।