काठमाण्डु- चार दलीय समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार जनप्रदर्शन गर्दैछन्।
मोर्चाले विभिन्न स्थानमा प्रदर्शन गर्दै भृकुटीमण्डपमा सभा गर्दैछ । मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दैछन् ।
यसै क्रममा उनीहरूले माइतीघरमा जुलुस प्रदर्शन गरेका छन् ।
यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकालिरहेका छन् ।




प्रतिक्रिया