तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तीनकुनेमा राजावादी समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ ।

तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।

राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि राजावादी समूह र प्रहरीबिच झडप भएको हो। प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।

प्रहरीले राजावादी समूहको प्रदर्शनका लागि तीनकुनेमा तोकेको छ ।

राजावादीहरूले तीनकुने क्षेत्रसहित विभिन्न् ठाउँमा प्रदर्शन गरिरहेका छन्। राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।