तीनकुनेमा तनाव, राजावादीमाथि अश्रुग्यास प्रहार

तीनकुनेमा तनाव, राजावादीमाथि अश्रुग्यास प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजावादीहरूले तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजेपछि त्यस क्षेत्रमा तनाव बनेको छ । भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तीनकुनेमा भेला भएका राजावादी समर्थकहरू तितरवितर भएका छन् । प्रहरीले तीनकुने पुलदेखि बानेश्वरसम्म समर्थकहरूलाई प्रवेशमा रोक लगाएको छ ।

राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेका थिए । तर,आन्दोलनकारीले नमानेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडप भएको छ ।

प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । झडपमा केही प्रहरीसमेत घाइते भएका छन् ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरिरहेका छन् ।

यसबीच प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको बताएका छन् ।