प्रदीप अधिकारीको अडान- गोप्य रहनुपर्ने स्पष्टीकरण फेसबुकमा पोष्ट गरियो, जवाफ दिन्नँ

प्रदीप अधिकारीको अडान- गोप्य रहनुपर्ने स्पष्टीकरण फेसबुकमा पोष्ट गरियो, जवाफ दिन्नँ


काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ नदिने बताएका हुन् ।

महानिर्देशक अधिकारीले गोप्य रहनुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल पोष्ट गरिएकाले उक्त विषयको जवाफ आफूले नदिने अधिकारीको अडान छ । स्पष्टीकरणजस्तो कुरा पनि फेसबुकबाट सार्वजनिक गरिएको भन्दै उनले गुनासो गरेका छन् ।

‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिन्नँ, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नी, फेसबुक भरी सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु ? स्पष्टीकरणजस्तो कुरा पनि फेसबुकबाट सार्वजनिक भएको छ । ’

मन्त्री किरातीले अधिकारीलाई विभिन्न आरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए। उनले अधिकारीलाई  ९ बुँदे स्पष्टीकरण सोधिएको भन्दै आफ्नो फेसबुक एकाउन्टमा सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुहोस्