प्रदेश नं ४ः विधायन समितिमा सदस्य चयन

प्रदेश नं ४ः विधायन समितिमा सदस्य चयन


पोखरा – प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले विधायन समितिमा सदस्य चयन गरेको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित बनाउन समिति चयन गरीएको जानकारी दिए ।

सो समितिमा मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्ती मगर र धनमाया लामाको नाम प्रस्ताव गरेकामा सर्वसम्मत अनुमोदन गरिएको थियो ।

बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारको आर्थिक कार्य्विधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गरे ।