प्रदेश ७ का मुख्यमन्त्री र भारतीय राजदुतबिच दुई पक्षीय हितका बिषयमा छलफल, अोलीको निर्देशनपछि राजदुतको सक्रियता बढ्यो

प्रदेश ७ का मुख्यमन्त्री र भारतीय राजदुतबिच दुई पक्षीय हितका बिषयमा छलफल, अोलीको निर्देशनपछि राजदुतको सक्रियता बढ्यो


धनगढी- प्रदेश सातका मुख्य मन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिंह पुरी विच बिहीवार भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यकक्षमा करिब आधा घण्टा दुई जनाबिच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई पक्ष हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा भारतसँग जोडिएका प्रदेश नम्वर ७ का नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने तथा अन्य आवश्यक नाका खुलाउन केन्द्र सरकारसँग पहल गर्ने सन्दर्भमा कुराकानी भएको छ । त्यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७ मा सुचारु विकास परियोजनालाई द्रुतगतिमा अगाडी बढाउने सन्दर्भमा पनि कुराकानी भएको छ ।

प्रदेश ७ को समग्र विकासका लागि भारत सरकार तत्पर रहेको भारतीय राजदुत पुरीले भेटका क्रममा बताएको मुख्य मन्त्रीका स्वकिय सचिव शिव ओलीले जानकारी दिए । बिभिन्न कार्यक्रममा सरिक हुन सात नम्बर प्रदेश आएका पुरीले मुख्य मन्त्रीलाई भेट्ने इच्छा व्यत्त गरेका थिए ।