काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हेड क्वाटर पालुङको फापरबारीमा सञ्चालित तालिम अभ्यासको निरीक्षण गरेका छन् ।
उनले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, तालिम अभ्यासमा सहभागी भएका शिक्षार्थीहरुले प्रदर्शन गरेको अभ्यासको अवलोकन समेत गरेका छन् ।
क्षेत्रीले तालिम लगायत अन्य विविध पक्षबारे जानकारी लिएको जनसम्पर्क तथा सूचना निर्देशनालयको जारी बिज्ञप्तिमा उल्लेख छ ।
उनले तालिम अभ्यासमा भाग लिने फौजलाई सम्बोधन पनि गरेका छन् ।
प्रधानसेनापति क्षत्री तालिम अभ्यासको निरीक्षण सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया