आज सार्वजनिक गर्ने भनिएको विद्युत् प्राधिकरणकाे श्वेतपत्र अनिश्चितका लागि स्थगित

आज सार्वजनिक गर्ने भनिएको विद्युत् प्राधिकरणकाे श्वेतपत्र अनिश्चितका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले मंगलबार (आज) सार्वजनिक गर्ने भनिएको श्वेतपत्र अनिश्चितका लागि स्थगित भएको छ ।

प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशक हितेन्द्रदेवको सचिवालयले बताएको हो ।

प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको थियो ।

घिसिङले २०७३र७४ बाट निरन्तर नाफामा ल्याई घाटा पूर्ति गरेको उल्लेख गर्दै २०८०र८१ सम्म सञ्चित नाफा करिब ४७ अर्ब रूपैयाँ पुगेको विवरण सार्वजनिक गरेका थिए।

हितेन्द्रले तयार पारेको श्वेतपत्रको वित्तीय अवस्था अनुसार प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड रूपैयाँ नै छ।