बम विस्फोटका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा

बम विस्फोटका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाँचथरको फालेलुङ–५ प्राङ्बुङको डाँडागाउँमा भएको बम विस्फोटका घाइते बालकहरूको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

शनिबार कीर्तिपुर अस्पताल पुगेर उपचाररत बालकहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएपछि मन्त्री पौडेलले उपचार खर्च सरकारले नै व्यहोर्ने बताए ।

‘जे जति खर्च उपचारमा हुन्छ । सरकारले सबै व्यहोर्छ । तपाईंहरू नआत्तिनुहोस्,’ उपचाररत मध्येका बालक दिप्सन राईका बुबा दीपक राईसँग मन्त्री पौडेलले भने ।

गत हप्ता बम विस्फोटमा परी घाइते भएका पवन राई र दिप्सन राईको उपचार ३ दिनदेखि कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

विस्फोट हुँदा ११ वर्षीय दिप्सन र २ वर्षीय प्रिन्सा साँवाको मृत्यु भएको थियो । बम विस्फोटको घटना माओवादी कार्यकर्ता आइतराज केरुङको स्वामित्वमा रहेको घरमा भएको हो । प्रहरीका अनुसार उनी विगत १३–१४ देखि जिल्ला सदरमुकाम फिदिममा बस्दै आएका छन् । त्यो घरमा अहिले अर्कै परिवार बस्दै आएको छ ।