प्रदीप नेपालले गरे माधव नेतृत्वको एकीकृत समाजवादीमा हस्ताक्षर

प्रदीप नेपालले गरे माधव नेतृत्वको एकीकृत समाजवादीमा हस्ताक्षर


काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल अन्ततः प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा खुलेका छन् ।

उनले आफु एमालेमै रहेको बताउँदै आएपनि आज निर्वाचन आयोग पुगेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर गरेका हुन् ।

पछिल्लो समय अस्वस्थ रहेका प्रदीप सनाखतका लागि बैशाखी टेकेर निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगमा माधव समूहले बुझाएको केन्द्रीय कमिटी सदस्यको सूचीमा नेपालको पनि नाम थियो ।

निर्वाचन आयोगले नेपाल समूहलाई नयाँ दल दर्ता प्रक्रियाका लागि आज सनाखत गराउँदैछ । सनाखतका लागि माधवसहित उनी पक्षीय नेताहरु चन्द्रागिरि हिल्सबाट सिधै निर्वाचन आयोग पुगेका हुन् ।