पूर्वविशिष्टहरूलाई सुविधा दिनु हुँदैन : मन्त्री पौडेल

पूर्वविशिष्टहरूलाई सुविधा दिनु हुँदैन : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरूलाई सुविधा दिन नहुने बताएका छन् ।

बाँकेमा आयोजित कार्यक्रममा उनले पूर्वविशिष्टलाई राज्यले मानसम्मान गर्नु ठीक भए पनि सुविधा दिन नहुने बताए ।

नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैंले खोज्नुपर्ने भन्दै मेडिकल कलेज, नीति र नियमले चल्नुपर्ने र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्ने बताए ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी काम गरिने बताए ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने र बिरामीहरूका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको मन्त्री पौडेलले बताए ।