काठमाण्डु- पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो ।
राणाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । राणा २०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनका छोरा दीपशमशेर जबरा हाल प्रहरी वरिष्ठ उपरीक्षक छन् ।
प्रतिक्रिया