प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ परेका छन् । गत सोमवार ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जना करिस प्रधान, सज्जन भण्डारी र ऋषेन्द्र गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी जवान राहुलकुमार सिंहले तीब्र गतिमा आएको बा १५ च ८९४४ नम्बरको प्राईभेट कार सवारी निषेधित क्षेत्रमा जवरजस्ती प्रवेश गरेपछि उनीहरुलाई पछ्याएका थिए ।उनले कागजात माग्दा ठमेलमा उनीमाथि हातपात गरेका थिए ।