अनुसन्धानको कठघरामा उभ्याईएका प्रकाण्डले बैंक खाताकाे हिसाब भन्लान् ?

अनुसन्धानको कठघरामा उभ्याईएका प्रकाण्डले बैंक खाताकाे हिसाब भन्लान् ?


काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को खातामा चन्दा उठाएको दुई करोड रुपयाँ रहेको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीको अनुसन्धानको कठघरामा उभिएर प्रकाण्डले यति धेरै रकम कहाँबाट संकलन भयो भन्ने जवाफ दिएलान् त ? भन्ने चासो आम मानिसमा प्रश्न उब्जन थालेकाे छ । प्रहरीले प्रक्राउ गरेपछि उनले जेल बाटै  भने ‘राजनितीक पूर्वाग्रहीका आधारमा समातियो ।’

उनलाइ बैंकमा देखिएकाे आर्थिक स्रोतकै विषयलाई मुद्धा बनाएर प्रहरीले जिल्ला अदालत काठमाडौबाट अनुमतिमा थुनामा राखेर अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद लिएको छ । जर्बजस्ती चन्दा उठाएर अबैध रकम संकलनको विषयमा अनुसन्धान भईरहेको एक प्रहरीले बताए ।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट बुधबार समातिएका हुन् । प्रहरीका अनुसार प्रकाण्डसहित चन्द्र आचार्य र मानबहादुर श्रेष्ठ पनि पक्राउ गरेर काठमाडौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

प्रकाण्डले बैंकमा भएको सम्पतिको स्रोत खुलाउन नसके प्रहरीले अबैध रुपमा सम्पति राखेको अभियोगमा सम्पति शुद्धिकरण अन्र्तगत मुद्धा चलाउन सक्नेछ । प्रहरीले विप्लपका नेता तथा कार्यकर्ताको गतिबिधी स्थानीय निर्वाचन देखि निगरानी बढाएको थियो । नेकपाको नेता र कार्यकर्तालाई निगरानी बढाईरहेको प्रहरीले जर्बजस्ती चन्दा असुली गरेको आरोपमा प्रकाण्डलाई पक्राउ गरिएको हो ।

प्रकाण्डको गिरफ्तारी सँगै देशव्यापी भण्डाफोर कार्यक्रम

नेकपाका महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै केपी–प्रचण्डको सरकारको गिरफ्तारीको भत्र्सना गरेको छ । दमनले प्रतिरोध निम्त्याउँछ भन्दै विज्ञप्तिमा प्रकाशित गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । देशभर भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने, बिरोधसभा गर्ने, मसाल जुलुस सहित नेपाल बन्दको कार्यक्रम घोषणा गरेको छ ।