नेकपाका प्रवक्ता प्रकाण्डलाई क्रसरमा अागजनी मुद्धा

नेकपाका प्रवक्ता प्रकाण्डलाई क्रसरमा अागजनी मुद्धा


काठमाडौं– सर्वाेच्च अदालतको आदेशमा छुटे लगत्तै शुक्रबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले काभ्रे जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ।

पक्राउ परेका प्रकाण्डलाई काभ्रे जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको काभ्रेका एसपी रवीराज खड्काले जानकारी दिए । अाजै उनकाे थुनचेक मुद्धा भएकाले अदालतले छाड्ने या पूर्पक्षमा थुनामा पठाउने अादेश गर्नेछ ।

कांग्रेस नेता कुन्साङ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते नेकपा पार्टीका कार्यकर्ताहरुले आगजनी गरेका थिए। आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियाे। आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ। प्रकाण्डकै नेतृत्वमा सो आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियाे।

काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वाेच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो। चन्दा असुली मुद्धामा सर्वाेच्च अदालतबाट छुटे लगतै उनलाइ काभ्रमा क्रसरमा अागजनी मुद्धामा अदालत परिसर बाटै पक्राउ परेका थिए ।

काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो। लगत्तै अर्काे मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठककै गाडीबाट उनी पक्राउ परेका थिए। उनी पाठकको गाडीमा सर्वाेच्च अदालतबाट निस्किएका थिए। पाठकको गाडी रोकेर प्रहरीले पक्राउ गरेको थियाे।