काठमाडौं– हृदयघातका कारण ज्यान गुमाएका प्रकाश दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।
प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ।
दिउँसो १ देखि श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने र आज नै अन्त्येष्टि गरिने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
प्रकाशको आइतबार बिहान हृदयघातका कारण निधन भएको थियो।
उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र छोरा हुन्।
छोरा प्रकाश दाहालको निधन भएपछि प्रचण्ड आइतबार बिहान झापाबाट थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।
प्रतिक्रिया