प्रकाश सपुतले गरे कोरोना कोषमा २ लाख सहयोग

प्रकाश सपुतले गरे कोरोना कोषमा २ लाख सहयोग


काठमाडौं – गायक प्रकाश सपुतले सरकारले खडा गरेको कोरोना कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रकाशले सरकारसम्म पुर्‍याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् ।

रकमलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्न सक्ने उनले बताएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोरोना कोष स्थापना गरेको छ ।