प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन सकेन : कांग्रेस प्रवक्ता महत

प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन सकेन : कांग्रेस प्रवक्ता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन्।

आइतबार प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी नभएको बताएका हुन् ।

दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासोलाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको उनले बताए । उनले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति, सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको उनको आरोप छ।

ति विषयमा प्रधानमन्त्रीले समन्वय र सहकार्य पनि नगरेको महतले बताए।

फरक प्रसंगमा नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्वन्धित व्यक्तिबाटै असुलउपर गरी बचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए।