काठमाण्डु – संयुक्त राष्ट्रसंघीय सचिवालय संयोजक (सेकेन्ड कमिटीको ¥यापोर्टर)मा नेपालकी प्रथमा उप्रेती निर्वाचित भएकी छन् ।
सेकेन्ड कमिटीको र्यापोर्टर राष्ट्रसंघीय साधारण सभाका ६ वटा महत्वपूर्ण अंग मध्येको एक हो । आइतबार भएको ७६ औं निर्वाचनमार्फत उप्रेतीलाई निर्वाचित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयकी उपसचिवसमेत रहेकी उप्रेतीको कार्यकाल आगामी सेप्टेम्बरसम्मको हुनेछ । साथै सभाको अध्यक्षमा माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहिद निर्वाचित भएका छन् ।
प्रतिक्रिया