वायनाडमा प्रियङ्का गान्धीलाई ३ लाखभन्दा बढी मतको अग्रता

वायनाडमा प्रियङ्का गान्धीलाई ३ लाखभन्दा बढी मतको अग्रता


एजेन्सी– केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय काङ्ग्रेसका उम्मेदवार प्रियङ्का गान्धी वाड्राले तीन लाखभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छिन् ।

गान्धीले ४ लाख ६१ हजार ५६६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का सत्यन मोकरीले १ लाख ५६ हजार ५६६ मत प्राप्त गरेका छन् भने भारतीय जनता पार्टीका नव्य हरिदासले ८४ हजार ४९९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

महाराष्ट्र र झारखण्डको विधानसभा चुनावसँगै १४ राज्यका ४८ विधानसभा निर्वाचन क्षेत्र र लोकसभाका दुई सिटका लागि भएको उपनिर्वाचनको सम्पूर्ण परिणाम शनिबार नै आउने अपेक्षा गरिएको छ ।

लोक सभाका लागि काङ्ग्रेस नेता राहुल गान्धीले यस वर्ष जुनमा भएको चुनावमा केरला राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएपछि वायनाडबाट राजिनामा दिएका थिए । गान्धीले वायनाडबाट ३ लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेका थिए । उनको स्थानमा प्रियङ्का गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।