आफ्नै बाबुले गर्भवती बनाएकी १३ वर्षीया छोरीको ज्यान गयो

आफ्नै बाबुले गर्भवती बनाएकी १३ वर्षीया छोरीको ज्यान गयो


ब्रासिलिया – १३ वर्षकी किशोरीका आफ्नै पिताको छोरालाई जन्म दिँदा मृत्यू भएको छ । उनलाई आफ्नै पिताले ४ वर्ष सम्म यौन शोषण गरेको ब्राजिलको प्रहरीले जनाएको छ ।

कठोर रुपमा पेट दुखेपछि स्कुले विद्यार्थी लुआना केटलेन अस्पतालमा भर्ना भएको र डिसेम्बर ११ मा मृत्यू भएको थियो । चिकित्सकहरुले उनी गर्भवती भएको पत्ता लगाउनुपूर्वनै उनको मृत्यू भएको थियो ।

यो थाहाँ पाएपछि चिकित्सकले सुत्केरी गराउने निर्णय गरे र छोराको जन्म भएको थियो । यद्यपि छोरा भने जिवितनै रहेको भएपनि आमाको भने मृत्यू भएको छ ।

प्रहरीले ३६ वर्षीय बुवा टोम फाबालाई पक्राउ आदेश जारी गरेको छ । प्रहरीका अनुसार टोमले उनकी छोरीलाई उनको ९ वर्षको उमेरदेखिनै यौन शोषण गर्दै आएका थिए ।

टोम प्रहरीले पक्राउ गर्नु अगावै भागेका थिए । उनी पहिलो पटक डिसेम्बर २७ मा अदालतमा उपस्थित भएका थिए । उनीमाथी बाल यौन शोषणको अभियोग लगाइएको छ ।

तर टोमले यो घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन् । मृत्यू भएकी बालिका कोरी क्षेत्रिय अस्पतालमा लैजादा ७ महिनाको गर्भका कारण प्रसव पीडामा थिइन् ।