काठमाण्डु– उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्याही चिह्न प्रदान गरिएको छ । उनलाई बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा दर्ज्याही चिह्न प्रदान गरेका हुन् ।
मंसिर १६ गते पुनलाई उपरथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । उपरथी बाबुराम श्रेष्ठ कात्तिक १ गते अवकास भएपछि रिक्त स्थानमा पुनलाई बढुवा गरिएको हो।
यसअघि २०७७ असारमा पुन सहायक रथीमा बढुवा भएका थिए।
प्रतिक्रिया