गृहसचिव राई निर्दोष सावित, उपसमितिको प्रतिवेदन सच्चिने

गृहसचिव राई निर्दोष सावित, उपसमितिको प्रतिवेदन सच्चिने


काठमाडौं-  गृह सचिव प्रेमकुमार राई दुई वटा वाइड बडी विमान खरिदमा निर्दोष देखिएका छन् । लेखा समितिमा शुक्रवार छलफलका क्रममा सांसदहरू अमनलाल मोदी, सूर्य पाठक र विशाल भट्टराईले प्रतिवेदनमा निदोर्ष पर्न नहुने भन्दै परिमार्जन गर्न प्रस्ताव राखेका थिए।

सासंदहरुको प्रस्तावपछि संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदन सच्चिने भएको छ । यसअघि राईलाई उपसमितिले निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन लेखा समिति समक्ष सिफारिस गरेको थियो।

राईले सचिव हुंदा नयाँ जहाज खरिदकै लागि उपसमिति गठन गर्ने निर्णय गरेका भएपनि उपसमितिले वायुसेवा निगमले उपलब्ध गराएको कागजातमा राईको समयमा खरिद प्रक्रिया अगाडि बढेको देखिएपछि निलम्वनका लागी सिफारीस गरेको थियो । राई २०७२ साल माघ १८ देखि २०७३ को भदौ २७ गतेसम्म पर्यटन मन्त्रलायको सचिव थिए ।

राईले आफुलाई निलम्बन गर्न उपसमितिले सिफारीस गरेपछि वाइडबडी जहाज खरिदमा आफ्नो भ्रष्टाचार संलग्नता पुष्टि गर्न संसदीय समितिलाई चुनौती दिएका थिए ।

उनले आफू पर्यटन मन्त्रालयको सचिव हुँदा खरिद प्रक्रिया सुरू मात्र भएको भन्दै वाइडबडी भ्रष्टाचारमा आफूलाई जबरजस्ती तानिएको भन्दै आपत्ती जनाएका थिए । राईले आफ्नो सरुवापछि मात्र जहाज खरिद प्रक्रिया अघि बढेको बताएका छन् ।