ब्रासिलिया– लडेर बेहोस भएपछि अस्पताल भर्ना भएका ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज भएका छन् ।
६४ वर्षीय बोल्सोनारो आर्मड फोर्स हस्पिटलमा १० घन्टाको निगरानीपछि अस्पतालबाट डिस्चार्ज भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
लडेपछि राष्ट्रपतिले अस्थायी रुपमा होस गुमाएको राष्ट्रपति कार्यालयको प्रवक्ताले विज्ञप्तिमार्फत बताएका छन् ।
‘केही समयका लागि मैले केही पनि थाहा पाइन । मैले हिजो के गरेको थिए मलाई नै थाहा छैन,’ बोल्सोनारोले भने, ‘म पछाडिपट्टी लडें । मैले मेरो होस गुमाए । तर सबैकुरा ठीक भएको छ । धन्यवाद भगवान,” उनले बताए ।
प्रतिक्रिया