अध्यक्षद्धय नभएको मौकामा नेता नेपालले बोलाए स्थायी समिति बैठक

अध्यक्षद्धय नभएको मौकामा नेता नेपालले बोलाए स्थायी समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर रहेको मौका पारेर (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको स्थाीय समिति बैठक वोलाएका छन् ।

बिहीबार संसद्मा बोल्दै नेता नेपालले सरकारका काम र पार्टी सञ्चालनप्रति असन्तुष्ट जनाए । आपराधिक घटना वृद्धि भइरहँदा नियन्त्रण गर्ने कुनै अंग छ र छैन भनेर आक्रोश समेत पोखे। निर्मला हत्या प्रकरण र रौतहटको एसिड काण्डले प्रश्न उठाइरहेको बताउँदै उनले भनेका थिए, ’कोही अहिलेसम्म गिरफ्तार भएको छ कि छैन? रोक्ने कुनै अंग छ कि छैन? भ्रष्टाचार व्याप्त छ। जनताले काम र परिणाम चाहेका छन्।’

नेकपाले केही दिनअघि तोकेको प्रदेशका इन्चार्ज, सहइन्चार्थ तथा अध्यक्ष र सचिवको भागबण्डामा असन्तुष्ट हुँदै आएका नेपालले संसद्मा हिजो दिएको अभिव्यक्तिलाई अर्थपूर्ण तरिकाले हेरिएको छ। अफ्रिका भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएका नेता नेपाल सचिवालयले तोकेको प्रदेश नेतृत्व चयनबारे आफू निकटका नेताहरुसँग निरन्तर परामर्श र छलफलमा छन्।

यसैबीच, आज उनले दिउँसो ३ बजे बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चियापान कार्यक्रमको आयोजनासमेत गरेका छन्। विधानविपरीत सचिवालयले गरेको निर्णयबारे स्थायी समितिका नेताहरुको धारणा बुझ्न र कसरी अघि बढ्ने विषयमा छलफल गर्न उनले चियापान गर्न लागेको एक नेताले बताए। सर्वसमम्म निर्णय हुनुपर्नेमा अन्तिरम विधानलाई कुल्चिएर प्रदेश इन्चार्जहरु तोकिएको नेपाल समूहको आरोप छ।