काठमाण्डु- नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ । आइतबार नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो ।
विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरे ।
प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ। तर, नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।
प्रतिक्रिया