राष्ट्रपति पौडेलद्वारा फास्ट ट्रयाक निरीक्षण (तस्वीरहरू)

राष्ट्रपति पौडेलद्वारा फास्ट ट्रयाक निरीक्षण (तस्वीरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराईमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले भइरहेका काम–कारबाही र प्रगतिबारे जानकारीसमेत लिए ।

राष्ट्रपति पौडेलले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी पनि लिएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

पौडेलले केही दिनअघि सिंहदरबारस्थि निर्माणाधीन संघीय संसद् भवनको अवलोकन तथा निरीक्षणसमेत गरेका थिए ।