काठमाण्डु – प्रेस चौतारी नेपालको दशौं महाधिवेशन फागुन २३–२५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय भएको छ ।
बुधबार बसेको चौतारीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो ।
बैठकले माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र प्रदेश अधिवेशन गर्ने गरी मिति तोकेको केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेयले जानकारी दिए ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुङ्गेलको आतिथ्यतामा बुधबार भएको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको छ ।
प्रतिक्रिया