काठमाण्डु – राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले बिहीबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
शुक्रबार राजधानी काठमाण्डुमा प्रदर्शन गर्ने योजना बनाएको समितिले अघिल्लो दिन पत्रकार सम्मेलन बोलाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत पत्रकार सम्मेलनबारे जानकारी दिएका छन् ।
पत्रकार सम्मेलन बिहीबार दिउँसो २ बजे स्मार्ट पार्टी प्यालेस चाबहिलमा बोलाइएको छ ।
प्रतिक्रिया