माओवादी निकट प्रेस सेन्टरको महासचिवमा पौडेल, ६१ जनाको पदाधिकारी बनाईयो

माओवादी निकट प्रेस सेन्टरको महासचिवमा पौडेल, ६१ जनाको पदाधिकारी बनाईयो


काठमाण्डु – नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर नेपालले महाधिवेशन सम्पन्न भएको ८ महिनापछि पदाधिकारीको टुङगो लगाएको छ ।

शुक्रबारबाट काठमाण्डौंमा जारी केन्द्रीय समितिको बैठकले ६१ सदस्यिय पदाधिकारी चयन गरेको छ । गत मंसिरमा चितवनमा सम्पन्न महाधिवेशनले अध्यक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटालाई चयन गरेको थियो ।

महाधिवेशनमा आकांक्षी धेरै भएपछि पदाधिकारी चयन हुन सकेको थिएन । संगठनको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निकट कमल गिरी, खुला उपाध्यक्षमा चितवन महानगरपालिकाकी मेयर रेणु दाहालका प्रेस सल्लाहकार शुरेशचन्द्र अधिकारी, महासचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा डिल्ली मल्ल चयन भएका छन् ।

प्रेस सेन्टरले २१ उपाध्यक्ष, १० उपमहासचिव र २७ जनालाई सचिव चयन गरेको छ ।