प्रितम श्रेष्ठको गीत ‘मायालु’ सार्वजनिक

प्रितम श्रेष्ठको गीत ‘मायालु’ सार्वजनिक


काठमाण्डु – गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो ‘मायालु’ सार्वजनिक गरेका छन्। ‘मायालु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ । गायन र संगीत एआईबाट तयार गरिएको हो। तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम श्रेष्ठले दिएका हुन्।

म्युजिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

प्रविन थापाको निर्देशनमा तयार पारिएको भिडियोलाई गीतकार श्रेष्ठको युट्युव च्यानल ‘प्रितम श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो।

यसअघि गीतकार श्रेष्ठले आफ्नो पहिलो म्यूजिक भिडियो ‘तिमी हिँड्ने गल्ली’ ल्याएका थिए । हाल गीतकार श्रेष्ठ सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बस्दै आएका छन् ।