काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमण तय भएको छ । उनले चैत २३ देखि २५ गतेसम्मका लागि भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणमा ओलीले भारतीय राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । भ्रमणको क्रममा ओली उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ कृषि विश्वविद्यालयको कार्यक्रममा समेत सहभागी हुने तय भएको छ । भ्रमणका लागि एक साता अघिदेखि नै तयारी सुरु भइसकेको छ ।
सत्तारुढ दलकै सांसदले सदनमा जानकारी माग
उनकोे भारत भ्रमणवारे सत्तारुढ दलकै सांसदले सदनमा जानकारी माग गरेका छन् । प्रधानमन्त्री आलीले भारत भ्रमण गर्न लागेको कुरा पत्रपत्रिका मार्फत थाहा पाएको भन्दै सत्तारुढ माओवादी केन्द्रका सांसद प्रभु साहले सदनमा जानकारी माग गरेका हुन् ।
‘प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कुरा सुनिएको छ । के एजेण्डा हो हामीलाई थाहा छैन ?’ सांसद साहले सदनमा भने, ‘राष्ट्रिय सहमतिको साथ प्रधानमन्त्री भारत भ्रमणमा जानु भयो भने राम्रो हुन्छ ।’
प्रतिक्रिया