काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाबाजी नगरी तिव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताए ।
‘निर्माणको काम धिमा गतिमा भयो,’ प्रधानमन्त्री ओलीले भने,‘यसलाई गति दिनुपर्छ ।’ कतिपय पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘भूकम्प गएको तीन वर्षपछि मापदण्डको फिर्ता र डण्डी लिएर गएर हुँदैन,’ उनले भने,‘निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले सिंहदरबार विश्व विद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको बताए । सिंहरदरबारको मुल भवनमा भइरहेको रेट्रो फिटिङमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री ओलीले यो कुन उद्धेश्यले गरिएको हो यसमा आफ्नो चासो रहेको स्पष्ट पारे । म बनाउछु मेरो धरहरा कार्यक्रमलाई निरन्तरता दिने प्रधानमन्त्री ओलीले बताए ।
परिषद्मा १४ जना सांसद मनोनित
प्रधानमन्त्री ओलीले भूकम्प अति प्रभावित क्षेत्रका १४ जना संसादलाई परिषदमा मनोनित गरेका छन् । जसमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्याम कुमार श्रेष्ठ, अग्निप्रसाद सापकोटा, गंगाबहादुर तामाङ, हरिबोल गजुरेल, प्रेम सुवाल, गगनकुमार थापा,मोहन आचार्य, भूमि त्रिपाटी, हितबहादुर तामाङ, पम्फा भूसाल, बिारेध खतिवडा र हरिराज अधिकारी बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया