पृथ्वीजयन्तीमा विदा दिने सरकारको निर्णय

पृथ्वीजयन्तीमा विदा दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले पृथ्वीजयन्ती अर्थात पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले जानकारी दिए। थापाले ट्वीट गर्दै भनेका छन् ु ‘आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रनिर्माता प्रति सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पौष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा प्रति हार्दिक आभार।’ विगतमा सरकारले पुस २७ गते सार्वजनिक विदा दिने गरे पनि जनआन्दोलन २०६२६३ पछि सार्वजनिक विदा दिन छोडिएको थियो। उपप्रधानमन्त्री थापाको पार्टी राप्रपाले उक्त दिन विदा दिनुपर्ने माग गर्दै आएको थियो।