काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकबारे भारत–चीनबीचको सहमतिले नेपाललाई केही पनि फरक नपर्ने दाबी गरेका छन् ।
मन्त्री गुरुङले लिपुलेकको सन्दर्भमा २ छिमेकी देशबीच भएको सहमति नेपाललाई प्रभाव पार्ने खालको नभएको बताए ।
गत पुस ३ गते चीनको राजधानी बेइजिङमा भारतीय र चिनियाँ विशेष प्रतिनिधिहरूको बैठक बसेर तिब्बतस्थित कैलाश–मानसरोवर तीर्थयात्रा खुलाउने सहमति गरेको थियो ।
लिपुलेकको सन्दर्भमा भारत–चीनबीच भएको सहमतिबारे क्याबिनेटमा छलफल चलेको उनले बताए । क्याबिनेटले सहमतिबाट नेपालले चिन्ता लिनु नपर्ने निष्कर्ष निकालेको उनले सुनाए ।
‘क्याबिनेटमा पनि लामो छलफल भयो तर निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइन,’ उनले भने ।
प्रतिक्रिया