मनाइयो पृथ्वी जयन्ती (फोटोफिचर)

मनाइयो पृथ्वी जयन्ती (फोटोफिचर)


काठमाण्डु-नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शनिवार मनाइएको छ ।

दिवसका अवसरमा सिंहदरबार पश्चिम गेटमा राष्ट्रपति पौडेलले शनिबार बिहान पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत समेत अर्पण गरेको थियो ।

त्यस अवसरमा सर्वसाधारणले पनि पृथ्वी नारायणको शालिमा पुष्पगुच्छा अर्पण गरेका थिए । पृथ्वीनारायण शाहको जन्मजयन्ती शनिवार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । उनी १७९९ चैत २५ गते राजा भएका थिए । उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।