काठमाडौं–अभिनेत्री प्रियंका कार्कीले र अभिनेता आयुष्मान देशराज जोशीको प्रेमसम्बन्ध विहेमा परिणत हुने भएको छ । करिब डेढ बर्षदेखी प्रेममा रहेका उनिहरुबीच शनिवार इन्गेजमेन्ट भएको छ ।
इन्गेजमेन्ट कार्यक्रममा कार्की र जोशीका आफन्तहरु समेत सहभागी थिए । बैंकर समेत रहेकी अभिनेता आयुष्मानकी आमा रविना देशराजले आफ्नो सामाजिक संजाल इन्टाग्राममा इन्गेजमेन्ट तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छन् ।
कार्कीकी भाउजु नाता पर्ने पुर्व मिस नेपाल जेनिसा मोक्तानले समेत न प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छन् ।
प्रतिक्रिया