पोखरा – प्रदेश नं.४ को नाम शुक्रबारदेखि गण्डकी राखिएको छ । प्रदेशसभाको दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पारित गरेको हो ।प्रदेशसभामा रहेका ५६ सांसद्मध्ये ५४ जनाले पक्षमा र २ सांसद्ले विपक्षमा मत हालेका थिए।
विपक्षमा मत हाल्न सांसद नयाँ शक्ति पार्टीका हुन्। सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे । प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ ।प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो ।
प्रतिक्रिया