प्रदेश ६ मा ४ बजेबाट मतगणना सूरु

प्रदेश ६ मा ४ बजेबाट मतगणना सूरु


सुर्खेत – प्रदेश नम्बर ६ मा राष्ट्रिय सभा सांसदका लागि अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भएको हो ।

६ नम्बर प्रदेशमा ८ जना राष्ट्रिय सभा सांसदका लागि जम्मा १९८ मतदाताले नै मतदान गरेका छन् । प्रदेश सभा सांसद ४० जना र बांकी नगरपालिका र गाउंपालिकाका प्रमुख र उपप्रमुख गरी १५८ जना मतदाताले मतदान गरेका हुन् ।

खुला र महिला ३–३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एक,एक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार रहेका छन् ।

जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।