प्रदेश नम्बर सातको पहिलो झन्डै १ अर्ब २ करोड ५ लाखको आँशिक बजेट भोली आउने

प्रदेश नम्बर सातको पहिलो झन्डै १ अर्ब २ करोड ५ लाखको आँशिक बजेट भोली आउने


धनगढी – प्रदेश नम्बर सातको पहिलो आँशिक बजेट भोली आउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले संसदमा दिउसो ३ बजे प्रस्तुत गर्नेछन । बजेटको सम्पुर्ण तयारी पुरा भएको र बजेटको बारेमा आज प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई आज नै जानकारी गराउने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले जानकारी दिए ।

बजेटको बारेमा जानकारी दिन मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले तीन महिनाको लागी झन्डै १ अर्ब २ करोड ५ लाखको आँशिक बजेट ल्याउन लागेको जानकारी दिए । “संघियतालाई कार्यान्वयन गर्ने गरी समाजबाद उन्मुख र जनमुखी बजेट आउंछ“, उनले भने (“जनताका आधारभुत समस्यालाई छुने गरी स्वास्थ्य शीक्षा , कृषि पर्यटन ,जनसेवा लाई समेटर बजेट तयार गरेका छौ “।

मन्त्री बोहोराले बिगतमा जस्तो कनिका छर्ने गरी बजेट ल्याउने नभई पारीणाममा काम देखिने गरी बजेट्को तयारी गरेको बताए । बजेटमा मुलत कृषिलाई नै समेटिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।