प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्बहादुर शाही बन्ने भएपछि ,नेता भण्डारीको असहमति

प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्बहादुर शाही बन्ने भएपछि ,नेता भण्डारीको असहमति


काठमाडौं – नेकपा माओवादी केन्द्रबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाही बन्ने समाचार सार्वजनिक भएपछि मुख्यमन्त्रीका अर्का दाबेदार नेता नेरश भण्डारीले असहमति जनाएका छन् ।

प्रदेश संयोजक मायाप्रसाद शर्मा, प्रदेश ईन्चार्ज एवं पूर्वगृहमन्त्री तथा सचिवालय सदस्य शक्तिबहादुर बस्नेत र माओवादी नेता जनार्दन शर्मा प्रभाकरसहितको उपस्थितिमा बसेको बैठकले शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय सर्वसम्मत गरेको समाचार बाहिर आएको छ ।

प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा शाहीको नाम सिफारिस नगरिएको दाबीसहित भण्डारीले लेखेका छन् ‘प्रसंग(प्रदेश नं ६ को मुख्यमन्त्री सर्वसम्मत चयनबारे गुप्त अँध्यारो कोठामा कसैको नाममा सहमति भएकै हो भनेपनि औपचारिकता पूरा नगरी बधाई दिने र समाचार प्रकाशन प्रसारण गर्ने हतारो नगर्दा उचित होला कि ?

’ उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिलाई लेखेर शाहीलाई मुख्यमन्त्री बनाउने निर्णयमा असहमति रहेको जनाएका हुन् ।

यसैवीच प्रदेश नम्बर ६ र ७ मा मुख्य मन्त्री माओवादीलाई दिने सहमति वाम गठबन्धनले गरिसकेको छ । प्रदेश ७ मा पनि माओवादीले त्रिलोचन भट्टको नाम मुख्यमन्त्रीमा सिफारिस गरीसकेको छ ।