प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग


हेटौँडा- प्रदेश नं ३ को मं‌गलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठ अध्यक्षता बसेको बैठकमा सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका हुन्  ।

नेपाली काँग्रेसका सांसद जीवन डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले भने – “बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरे । आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरेका थिए ।